काठमाडौं, १९ साउन । सिरियाली सेनाको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त एक विमानमा सवार यात्रुको मृत्यु संख्या ३१ पुगेको पुगेको सिरियामा मानवअधिकारको अनुगमन गरिरहेको एक संस्थाले जानकारी दिएको छ ।
उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना भएको हो । दुई वच्चासहित कम्तिमा ३१ व्यक्ति जहाज दुर्घटनामा परी घाइते भएका छन् । मृतकमध्ये पाँच जनाको अझै सनाखत हुन सकेको छैन ।
सोमबार भएको जहाज दुर्घटना तरकारी बजार नजिकै भएको र दुर्घटनापछि खसेको विमानले जमिनमा रहेका मानिसहरुलाई समेत क्षति पुगेको जनाइएको छ । कम्तिमा पनि ६० जना मानिस उक्त दुर्घटनामा घाइते भएका छन् ।
आरिह विद्रोहीहरुको बढी प्रभाव रहेको क्षेत्र हो । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले दिएको जानकारी अनुसार सो विमान होचो भएर उडेको र त्यसमा प्राविधिक गडबडी उत्पन्न भएको हुनसक्छ ।
सिरियामा सरकारी विमानमात्र उड्ने कानुन बनाइएको छ । तर सरकारी विमान वा सेनाका युद्धक विमान पनि कयौँलाई विद्रोहीले खसालिदिएका छन् । रासस/एएफपी















प्रतिक्रिया