
– नरेन्द्रसिंह कार्की
दार्चुला, १८ साउन । पहिरोका कारण आइतबारदेखि अवरुद्ध दार्चुला–तिंकर सडक सशस्त्र प्रहरीले खुलाएको छ ।
दार्चुला-तिंकर सडक खण्डको कलौना भीरमा आइतबार गएको पहिरो सशस्त्र प्रहरी हटाएपछि यातायात सूचारु भएको हो । सीमा सुरक्षा गुल्म दार्चुलाबाट खटिएको सशस्त्र प्रहरीले सोमबार आज बाटो खुलाएको हो ।
आइतबार विहान पहिरो जाँदा सडक खण्डको कलौना भीरमा आवतजावत ठप्प भएको थियो । दुहु क्षेत्रको प्रवेशद्धार रहेको कलौना भीरमा पहिरो जादाँ यस क्षेत्रका आधा दर्जन बढी गाविसका स्थानीय मार्कामा परेका छन् ।
बाटो खुलाउने क्रममा सशस्त्र प्रहरीका जवान सन्दीपसिह धामीको खुट्टामा चोट लागेको छ । सडक माथि बाट ढुंगा खसेर उनको खुट्टामा चोट लागेको सीमा सशस्त्र प्रहरी बल दार्चुलाले जनाएको छ ।
तिंकर सडक खण्डको कलौना भीर खोल्न सशस्त्र प्रहरी निरीक्षक रोशन जोशीको नेतृत्वमा २० जनाको टोली खटिएको थियो । झण्डै २० मिटरसम्म पहिरोले सडक बाटो अवरुद्ध भएको हो । सशस्त्रले अहिलेलाई अस्थायी रुपमा आवत जावत गर्नेगरी बाटो खोलेको जोशीले बताए ।


















प्रतिक्रिया