३० आश्विन २०८३, शुक्रबार

जमलमा आयो अमेरिकाको युएम बाइक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

um-byke-2

काठमाडौँ, १८ साउन । अमेरिकाको युनाइटेड मोटर्स कम्पनीले उत्पादन गरेका विभिन्न ‘ब्रान्ड’का मोटरसाइकल (युएम बाइक)को बिक्री कक्ष जमलको नाचघरमा खोलिएको छ ।

आइएमइ अटोमोटिभ्स प्रालिले आजदेखि १२५ देखि २३० सिसी क्षमताका युएम बाइकको बिक्री गर्न सुरु गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणा, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल अमेरिका चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष किरण साखः, आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले बिक्री कक्षको आज सामूहिक रुपमा उद्घाटन गर्नुभएको थियो ।

अन्य सहरमा पनि युएमका ब्रान्ड मोटरसाइकल बिक्री गर्ने तयारी सो प्रालिले गरिरहेको छ । रासस