८ कार्तिक २०८३, आइतबार

टाटा सुमोको ठक्करबाट नयाँ बानेश्वरमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident-bikeकाठमाडौँ, १८ साउन । टाटासुमोको ठक्करबाट काठमाडौंको नयाँ बानेश्वरमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३४ नयाँ बानेश्वरमा ज १ ज २२७ नम्बरको टाटा सुमोले बा २० प ५४४२ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर पुरानो ठिमी-६ घर भएका ३३ वर्षीया सानु नायजु गम्भीर घाइते भएकोले निजामती अस्पताल मिनभवन लगिएकोमा उपचाकै क्रममा मृत्यु भएको छ ।

टाटा सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवन विरेन्द्र नगर–२ स्थित पूर्व पश्चिम राजमार्गमा ना ५ ख ७७८१ नम्बरको बसले आइतबार पैदल यात्री श्रीजनानगर–२ बस्ने १० वर्षीया ज्योति सिंहलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।