८ कार्तिक २०८३, आइतबार

कम्प्युटरको व्यवहारिक ज्ञान नहुँदा विद्यार्थीको भविष्य अन्यौलमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

computer– रबिना बोहरा
बागलुङ, १८ साउन । बागलुङ जिल्लाको सदरमुकाममा रहेको बाल मन्दिर निमाविमा कम्प्युटरको अभावमा सैद्धान्तिक ज्ञान भएपनि व्यवहारिक ज्ञान नहुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।

ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालयमा समेत विभिन्न निकायबाट सहयोग भएता पनि सदरमुकाममै रहेको बाल मन्दिर निमाविमा कम्प्युटर नहुदा विद्यार्थीको शैक्षिक गुणस्तरणमा बृद्धि हुन सकेको छैन ।

विद्यार्थीहरुलाई कम्प्युटरको व्यवहारिक ज्ञान नहुँदा पनि शैक्षिक क्षेत्र फितलो देखिएको छ । कक्षा ६ र ७ का विद्यार्थीहरुलाई विद्यालयले २ बर्ष पहिलेबाट कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ । गत बर्ष विद्यार्थीहरुलाई हप्ताको २ दिन सोमबार र मंगलबार गरी २ महिना जिल्ला शिक्षा कार्यालय बागलुङमा नै गएर व्यवहारिक शिक्षा प्रदान गर्दै आएको थियो ।

अहिले आफुहरुसंग कुनै स्रोत र साधन नहुँदा विद्यार्थीहरुलाई कम्प्युटरको माध्यमबाट अध्ययन गराउन नसकेको विद्यालयले जनाएको छ । विद्यालयका प्राध्यानाध्यापक मिठु पौडेल क्षेत्रीले गत बर्ष शिक्षा कार्यालयबाट सहयोग हुने अपेक्षा गरेपनि सहयोग प्राप्त नभएको बताए । यसबर्ष पनि शिक्षाले वा कुनै निकायले कम्प्युटर सहयोग गर्छ भन्ने आशा गरेको बताए । विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा व्यवहारिक रुपमा दिन नसक्दा आफूहरुलाई समेत अप्ठ्यारो महशुस हुने उनको भनाई छ