३० आश्विन २०८३, शुक्रबार

सोसाइटी डेभलपमेन्ट बैंकको मुख्य शाखा कार्यालय डिल्लीबजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । सोसाइटी डेमलपमेन्ट बैंकले आफ्नो मुख्य शाखा कार्यालय डिल्लीबजारमा सारेको छ ।

शाखा कार्यालयको बैंकका अध्यक्ष सुशीलराज पराजुलीले आज उद्घाटन गर्नुभयो । सो अवसरमा बैंकका अध्यक्ष पराजुलीले नयाँ मौद्रिक नीतिअनुरुप बैंकहरुका लागि पुँजी विस्तार गर्ने कार्य चुनौतीपूर्ण भएपनि यो आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानकृष्ण अधिकारीले बैंकलाई व्यावसायिक र प्रतिस्पर्धी बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महाप्रबन्धक महेश्वर पहरीका अनुसार ३० शाखा र एक विस्तारित काउन्टर गरी ३१ स्थानबाट बैंकले मुलुकभर सेवा दिँदै आएको छ ।

गत असारसम्म रु पाँच अर्ब ४९ करोड निक्षेप सङ्कलन गरेको यस बैंकले सोही अवधिसम्म रु चार अर्व ६७ करोड कर्जा प्रवाह गरेको थियो । बैंकले गत आवमा रु १४ करोड नाफा गरेको थियो । रासस