३० आश्विन २०८३, शुक्रबार

केपी ओलीलाई ‘प्रधानमन्त्री’मा घोषणा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ko-oliकाठमाडौं, १८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रधानमन्त्रीमा घोषणा’ गरिएको छ ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले एमाले अध्यक्ष ओलीलाई नेपालका ‘भावी प्रधानमन्त्री भनेर घोषणा गरेका हुन् ।

नेपाल आएका बेला ओलीसँग खिचेको फोटो सामाजिक सञ्जाल फेसबुकमा सावर्जनिक गर्दै नेता जोलीले नेपालका भावी प्रधानमन्त्री रुपमा उनलाई चिनाएका हुन् ।

kp-oliआफ्नो आधिकारिक फेसबुक पेजमा जोलीले ओलीसँग हात मिलाउँदै गरेको र वार्ता चलिरहेको गरी तीनवटा फोटोहरु सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ नेपालका भावी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई शुभकामना दिदै बरिष्ठ नेता जोली ।

उसो त अबको प्रधानमन्त्री बन्ने रुपमा चर्चामा आइसकेका ओलीलाई भारतका नेताले भावी प्रधानमन्त्री भनेर घोषणा गर्नु स्वभाविकै हो । प्रधानमन्त्री सुशील कोइरालापछि सरकारको नेतृत्व एमालेले गर्ने सहमति अनुसार ओली अब छिट्टै प्रधानमन्त्री बन्ने बताइन्छ ।

यस्तो छ नेता जोलीको फेसबुक स्ट्याटस् :

kp