काठमाडौं, १८ साउन । युरोपियन च्याम्पियन अन्तर्गतको प्रि सिजन टुरमा फिओरेन्टिनाविरुद्धको खेलमा बार्सिलोना पराजित भएको छ ।
आइतबार राति भएको खेलमा फिओरेन्टिनाले बार्सिलोनालाई १ गोलले पराजित गरेको हो । हिजोको खेलमा स्ट्राइकर लिओनल मेस्सी र नेयमारले खेलेका थिएनन् । उनीहरुलाई आराम दिइएको थियो ।
बार्सिलोनाका लुइस स्वरेजले प्रि सिजन टुरमा तेस्रो गोल गरेपनि फिओरेन्टिनाविरुद्ध जित दिलाउन सकेनन् । घरेलु मैदानमा भएको खेलमा फिओरेन्टिनाले सुरुवाती १२ मिनेटमा दुई गोल गरिसकेको थियो । १७ औं मिनेटमा स्वरेजले गोल गरे ।
तर, खेलमा थप गोल हुन सकेन र बार्सिलोना २–१ ले पराजित भयो । अर्काे खेलमा नेयमार मेस्सीले पनि खेल्नेछन् ।















प्रतिक्रिया