काठमाडौं, १८ साउन । एमाओवादी नेता डा. बाबुराम भट्टराई एकाएक किन पार्टीभित्रै बागी बने ? यो प्रश्न पनि अहिले उठेको छ । स्रोतका अनुसार प्रचण्ड आगामी माघमा नेतृत्वबाट बिदा हुने र आफूलाई अध्यक्ष बनाउने सहमतिबाट पछि हट्न लागेपछि उनीमाथि दबाब पार्न बाबुरामले समानान्तर गतिविधि र नयाँ शक्तिको अभ्यास गरेका हुन् ।
यस अघि प्रचण्ड र बाबुरामबीच युद्धविराम हुँदा प्रचण्डले आगामी माघभित्रमा विशेष महाधिवेशन गरेर कार्यकारी नेतृत्वबाट बिदा हुने सहमति भएको थियो । तर, सो सहमतिप्रति उतिबेलै प्रचण्ड निकस्थहरुले आपत्ति जनाइसकेका थिए । बाबुराम आगामी माघबाट माओवादीको अध्यक्ष हुन पाइने भएपछि यस अघि प्रचण्डसँगै विलीन भएका थिए । बरु नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएर फरक विचार र धारणा राख्दै आएका थिए । माघ ८ गते संविधान जारी हुन नदिनेमा बाबुरामको प्रमुख हात थियो ।
त्यसबेला नारायणकाजीले सहजकर्ताको भूमिका खेलेर लगभग दलहरुबीच सहमति गरेकोमा बाबुरामले उल्ट्याएको आरोप लाग्दै आएको छ । प्रचण्डलाई बाबुरामले आफ्नो लाइनमा उपयोग गरेकोले २०७१ माघ ८ मा संविधान आउन सकेन । जुन कुरामा अहिले प्रचण्ड सहमत भएर १६ बुँदे सहमति भएको छ त्यो कुरा २०७१ माघ ५ गते नै आएको थियो । त्यसमा बाबुरामले असहति जनाएकै कारण प्रचण्ड पछाडि हटेका थिए । साँघु साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया