४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री आक्रोशः एमालेको शंकाले मलाई लंका पुर्‍यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि आफूले राजीनामा गर्नेबारे एमालेले शंका गरेकाे बताएका छन्। निर्माणाधीन संविधानमा आर्थिक विकास विषयमा सुझाव सहित ज्ञापन पत्र बुझाउन पुगेको निजी क्षेत्रको टोली समक्ष उनले यस्तो गुनासो गरेका हुन्।

 प्रधानमन्त्री कोइरालाले संविधान आएपछि आफूले सरकारको नेतृत्व छोड्ने जानकारी दिए। प्रधानमन्त्रीका प्रेस संयोजकद्वारा जारी प्रेसनोटमा काइरालालाइ उदृत गर्दै भनिएको छ ‘संविधान आओस् म छोडिदिन्छु। यसमा शंकै नगर्नूस्।’ उनले नेकपा एमालेले अनावश्यक शंका गरेको बताए। ‘एउटा डेमोक्रेटिक संविधान आउनु पर्यो जस्तोतस्तो हैन’, उनले भने।

निर्माणाधीन संविधानमा संघीयताको रेखाङ्कन गरेर जानुपर्ने उनको भनाइ थियो। नागरिक दैनिकमा समाचार छ ।