८ कार्तिक २०८३, आइतबार

पच्चीस किलो दाल किन्दा प्रहरीको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dalसप्तरी, १८ साउन । भारतको वीरपुरबजारबाट भन्सार छलेर अवैधरुपमा विभिन्न किराना सामान साइकलमा पैठारी गरी ल्याउँदै गर्दा सामानसहित एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भारदहको गस्ती टोलीले जाँच गर्दा भारदह–१ निवासी राहुलकुमार गुप्तालाई अवैध सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनीसँगै रहेका अरु तीन जना व्यक्ति साइकलमा लोड गरिएका किराना सामान छाडेर फरार भएका थिए ।

उनीहरुको साथबाट १५० किलो चिनी, २५ किलो चना दाल, २० किलो मुसुरी दाल, चार किलो जिरा, दुई पोका नवरत्न तेल, महक कम्पनीको भुजिया ३४ पोकालगायतको करिब एक लाख मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।