४ कार्तिक २०८३, बुधबार

बालकोटमा ओली यस कारण फिस्स हाँसेका रहेछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K-P-Oliकाठमाडौं, १८ साउन । उद्योगमन्त्री महेश बस्नेतले साउन १३ गते बुधबार बालकोटमै पुगेर अध्यक्ष केपी ओलीलाई प्रधानन्त्री सुशील कोइरालासहित कांग्रेसका केही मन्त्रीहरको बारेमा पोल लगाए ।

यदि तपाईंकै तहबाट कांग्रेस नेतृत्वसँग कुरा नगर्ने हो भने पेपपाल पारेर मुख्य सचिव र पुनर्निर्माण प्राधिकरणको दुवै नेतृत्व कांग्रेसले लाने भए भन्ने उनले सुनाएपछि ओली गम्भीर भए ।

त्यसपछि भोलिपल्टै ओली पार्टीका केही नेताहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको समाचार साँघु साप्ताहिकले छापेको छ ।

एमालेको नेतृत्व नै बालुवाटार पुगेपछि कोइरालाले अब सबै कुरा उ गर्नु परो, पुननिर्माण प्राधिकरणमा गोविन्द पोखरेल र मुख्य सचिवमा विश्वप्रकाश पण्डितलाई उ गरौं भनेपछि ओली आगो भए ।

उनी केहीबेर नबोली फिस्स हाँसेर बसे । कोइराला अझ अघि बढेर महेश आचार्य, नरहरि आचार्य लगायततिर इशारा गर्दै अब यही भो होइन त भन्दै उठ्न खोजेपछि ओलीले कोइरालालाई थचार्ने शैलीमा बसाए ।

‘तपाईंहरुले के सोच्नुभएको छ ? यो देशमा कांग्रेसबाहेक अरु केही छैन भन्ने सोच्नुभयो ? मनपरी गर्ने ? एललौटी गर्ने ? ल गर्नुस्, म पनि देखाउँछु के गर्नुपर्छ भनेर’ ओली निक्कै आक्रामक बनेर हकार्न थालेपछि कोइराला लत्रक्क परे ।

ओलीले विगतका अन्य निर्णयहरुमा पनि मनपरी भएको भन्दै मुख्य सचिव र पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा त्यो प्रवृत्ति दोहोरिएमा ठीक नहुने चेतावनी दिएपछि विश्वप्रकाश पण्डित र गोविन्द पोखरेलेको नाम बोकेर बसेका कोइराला हच्किएको स्रोतले जनाएको छ ।

एमाले मुख्य सचिव कांग्रेसले लिए प्राधिकरण आफूले पाउनुपर्ने र प्राधिकरण कांग्रेसले लिए मुख्य सचिव आफूले पाउनुपर्ने अडानबाट पछि हटेको छैन ।