३० आश्विन २०८३, शुक्रबार

चितवन र रुपन्देहीमा देवः विकास बैंकको शाखा विस्तार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deva Bank Branch Opeing Press Release.jpgकाठमाडौं, १७ साउन । देवः विकास बैंक लिमिटेडले चितवन र रुपन्देहीमा शाखा विस्तार गरेको छ ।

आधुनिक बैकिङ्ग सेवाको बिस्तारलाई निरन्तरता दिने उद्देश्यका साथ चितवनको मंगलपुर तथा रुपन्देहीको खैरेनीमा विस्तार गरिएको शाखालाई आइतबारबाट सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले खैरेनी शाखा कार्यालयको उद्घाटन गरे भने, बैंकका संचालक जगन्नाथ पौडेलले मंगलपुरको उद्घाटन गरे । समारोहमा बैंकका ब्यवस्थापन टोली सहित यस क्षेत्रका स्कुल, कलेज, पत्रकार, ब्यापारी, सहकारी लगायत अन्य संघ संस्थाका प्रतिनिधी तथा व्यक्तिहरुको उपस्थिती थियो ।

यी शाखा कार्यालयहरुको संचालन पश्चात मंगलपुर तथा खैरेनी लगायत आसपासका क्षेत्रका ग्राहकहरुले समेत अत्याधुनिक बैंकिङ्ग सेवा लिन सक्ने विश्वास बैंकले लिएको छ । यी शाखाहरुबाट वित्तीय पहुँचबाट टाढा रहेको ग्रामिण जनताहरुको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न लघु वित्त सेवाहरु समेत संचालन गर्ने लक्ष्य लिइएको छ ।

साविक एनडिइपी डेभलपमेण्ट बैंक र राइजिङ्ग डेभलपमेण्ट बैंक बीच एक आपसमा गाभिएर मिति २०७२ असार २५ गतेदेखि देवः विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको यस बैकको काठमाडौंको दरवारमार्ग स्थित एनडिइपी विल्डिङ्गमा केन्द्रिय कार्यालय रहेको र काठमाडौको कमलादी, कोटेश्वर, नयाँ सडक, बालाजु बाईपास, पुरानो बानेश्वर, चावहिल, कांडाघारी; ललितपुरको टंगल; भक्तपुरको दुधपाटी; काभ्रेको धुलिखेल, बनेपा, पाँचखाल, कुन्ताबेसि, चितवनको नारायणगढ, खोलेसिमल टाँडी, गीतानगर, चनौली, लंकु नवलपरासीको गैडाकोट, दलदले, अरुणखोला, धादिङ्गको धार्के, मलेखु, मझुवाबजार, महादेबबेसी, चरौंदी, पर्बतको कुश्मा, फलेबास, नुवाकोटको बट्टार र सिन्धुपाल्चोकको मेलम्ची, जलविरे, बलेफीबाट आधुनिक बैंकिङ्क सेवा प्रदान गरिरहेको छ ।

बैंकले निक्षेप संकलन तथा कर्जा लगानीको अलावा विदेशी मुद्रा सटही, निशुल्क एसएमएस बैंकिङ्क सेवा, एटिएम सेवा, रेमिट्यान्स सेवा, बैंक ग्यारेण्टी जारी गर्ने लगायत यस बैंकका कुनै पनि शाखाबाट कारोबार गर्न सकिने ‘एबीबी’ सेवा समेत उपलब्ध गराइरहेको छ ।