८ कार्तिक २०८३, आइतबार

श्रीमतीसँग झगडा पर्दा आफ्नै छोराको काल बने दलबहादुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Campaigners Call For Tougher Knife Lawsकाठमाडौँ, १७ साउन । धारिलो हतियार प्रहार गरी उदयपुरमा आफ्नै छोरा तथा प्युठानमा श्रीमती मार्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर बाँसबोटे–६ घर भई ढुङगे बस्दै आएका ४९ बर्षीय दल बहादुर राईले घरायसी विवादमा शनिबार आफ्नै १८ बर्षीय छोरा गम्भीरराज राईलाई धारिलो हतियार छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी झिल्केबाट खटिएको प्रहरी टोलीले राईलाई आइतबार पक्राउ गरेको हो ।

यसैगरी आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी मार्ने प्युठान भिङ्ग्री–८ नेवारे बस्ने ६५ बर्षीय खगीराम रामजाली मगरलाई इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका मगरले शनिबार राति ५६ बर्षीया श्रीमती पवी रामजाली मगरलाई घरायसी विवादमा कुटपिट गर्नुका साथै धारिलो हतियार हसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।