काठमाडौं, १७ साउन । आइतबार भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रम थियो । जून सम्पन्न पनि भइसक्यो । त्यसको एक दिन अगाडि शनिबार नगरपालिकामा प्रमुख अतिथि बनाउने विषयमा विवाद भयो ।
विवादकैबीच नगरपालिकाले प्रमुख अतिथिमा उद्योगमन्त्री महेश बस्नेतलाई चुन्यो । सत्तारुढ दल कांग्रेसले भने कार्यक्रममा सभासद् रामेश्वर ढुङ्गेललाई प्रमुख अतिथि बनाउनुपर्ने र मन्त्री बस्नेतलाई अतिथि बनाउनुपर्ने माग राखेको थियो । तर, उनीहरुको माग नगरपालिकाले नमानेर मन्त्री बस्नेतलाई प्रमुख अतिथि बनाएपछि विवाद बढेको हो ।
कार्यक्रममा सभासद् ढुङ्गेललाई प्रमुख अतिथि बनाउनुपर्ने मागलाई नगरपालिका कार्यकारी अधिकृतले नमानी मन्त्री बस्नेतलाई नै प्रमुख अतिथि बनाएपछि नेपाली काँग्रेसले कार्यक्रम नै बहिष्कार गरेको छ । बहिष्कारपछि कार्यक्रमस्थलमा चर्काे टिकाटिप्पणी भएको थियो । साथै आयोजकको आलोचना भयो ।















प्रतिक्रिया