४ कार्तिक २०८३, बुधबार

सुशीलले खुमबहादुरसँग यसरी अन्तुष्टि पोखे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khumbahadur-Khadka-1काठमाडौं, १७ साउन । मुलुक विखण्डनको वकालत गरिरहेका नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्न पार्टी संसदीय दल र केन्द्रीय सदस्यहरुबीचबाटै आवाज उठेको छ ।

कांग्रेस केन्द्रीय सदस्य र संसदीय दलको शुक्रबार बसकेको बैठकमा सदस्यहरुले अमरेशलाई तत्काल पार्टीभित्रबाट कारबाही गर्नुपर्ने माग गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

त्यस्तै पार्टीको धर्मनिरपेक्षताको आधिकारिक लाइनविपरीत हिन्दु राष्ट्र को लागि राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई शुक्रबार बैठकमा नबोलाएर सभापतिले उनीप्रति आफ्नो अप्रसन्नता व्यक्त गरेका छन् ।