४ कार्तिक २०८३, बुधबार

यी आठ नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

interpoकाठमाडौं, १७ साउन । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले वैदेशिक रोजगारीको प्रलोभन लिएर मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्द रेडकर्नर डिफ्युजन नोटिस जारी गरेको छ ।

अनुसन्धानका क्रममा रहेको घटनामा संलग्न फार अभियुक्त देशबाहिर पुगेको अवस्थामा पक्राउ गर्न अन्य देशका प्रहरी संगठनको सहयोगका लागि इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्छ ।

इन्टरपोलले परशुराम तामाङ, किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्त तुलाधर, विनोद पाण्डे र सन्जिव मुडभरीविरुद्ध नोटिस जारी गरेको समाचार नागरिक दैनिकले छापेको छ ।

उनीहरुले बैंकक, अमेरिका, कोरिया,अफगानिस्तान, युरोपेली मुलुक र अफ्रिकी मुलुकमा रोजगारी लिाइदिने प्रलोभनमा रकम लिइ ठगी गरेका थिए ।