३० आश्विन २०८३, शुक्रबार

नयाँ तालिवानी नेताद्वारा एकताकालागि आह्वान गर्दै श्रव्य सन्देश सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aaktharकाबुल (अफगानिस्तान), १६ साउन । नयाँ तालिवानी नेता मुल्लाह अख्तर मन्सुरले शनिबार आफ्नो पहिलो श्रव्य सन्देश सार्वजनिक गर्दै पदीय एकताका कायम राख्दै आफ्नो आन्दोलन शसक्त पार्न आग्रह गरेका छन् ।

मुन्सुरले उक्त सन्देश पदीय बाडफाँडलाई लिएर सार्वजनिक रुपमा आएका समाचारपछि श्रव्य सन्देश सार्वजनिक गरेका हुन् । तालिवानी पूर्व प्रमुख मुल्लाह ओमारको मृत्युको खवरपछि तालिवान समुहमा तेतृत्वको विषयमा खटपट भइरहेको समाचार विभिन्न सञ्चार माध्यममा आएको थियो ।

एकताको सन्देश सार्वजनिक गदै मन्सुरले भनेका छन्, ‘हामी तालिवानी आन्दोलनको एकताकालागि काम गर्नुपर्छ । हामीबीचको झगडाले हाम्रो शत्रुलाई खुसी पार्छ भने आन्दोलनलाई कमजोर बनाउँछ । यसबाट हामीमाथि थप समस्या ल्याउन सक्छ ।’ रासस/एएफपी