भीमदत्तनगर, १६ साउन । गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै शनिबार गरिएको सुदूरपश्चिम बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।
ओमकार परिवार दलका कार्यकर्ताले शनिबार बन्दका क्रममा महेन्द्रनगरको शिव मन्दिर नजिकै बन्दको अवज्ञा गरेको भन्दै म १ ज १६१ नम्बरको जीपमा तोडफोड गरेको भन्दै प्रहरीले ओमकार परिवार दलका कृष्णनन्द भट्ट र द्वन्द्व रेग्मीलाई नियन्त्रणमा लिएको थियो ।

कार्यकर्ता रिहाइको माग गर्दै ओमकार परिवार दल, शिव सेना नेपाल, हिन्दू स्वयम्सेवक सङ्घलगायतका हिन्दूवादी सङ्गठनले बजारक्षेत्रमा रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले जिल्ला प्रहरी कार्यालयको मुलगेटमा समेत प्रदर्शन गर्दै हिन्दूराष्ट्र कायम राख्नुपर्नेमा जोड दिएका थिए । यहाँ आह्वान गरिएको बन्दका कारण शनिबार सुदूरपश्चिमको जनजीवन प्रभावित बन्यो । रासस















प्रतिक्रिया