चितवन, १६ साउन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा आज दिउँसो ट्रकले च्यापिएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग३प ३५८१ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको ट्रकमा च्यापिएर मृत्यु भएको हो ।
ट्रकका च्यापिएर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।
मृतकमध्ये मोटरसाइकल चालक गोरखा देउरालीका २२ वर्षीय मुक्तिबहादुर विकको सनाखत भएको छ भने अर्का एकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
सोही दिशातर्फ आउँदै गरेको से१ख ८६५ र ना१क ३३४५ नम्बरको दुई ट्रकका बीचमा मोटरसाइकल किचिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलले एउटा ट्रकलाई ओभरटेक गर्न खोज्दा अर्काे ट्रकले दुवैलाई ओभरटेक गर्ने क्रममा दुई ट्रकको बीचमा मोटरसाइकल च्यापिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।















प्रतिक्रिया