८ कार्तिक २०८३, आइतबार

४० वर्षकी महिलालाई नर्सरीमा लगेर यसरी गरियो बलात्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAPEधनुषा, १६ साउन । धनुषामा एक वयस्क महिला बलात्कृत भएकी छिन् । त्यो पनि छोराजत्रो १९ वर्षीय युवकबाट ।

धनुषा क्षिरेश्वर नगरपालिका–९ बस्ने ४० बर्षीया महिलालाई बिहिबार सोही ठाउँस्थित नर्सरी जंगलमा लगेर १९ वर्षीय लिलाबहादुर बलामपाकी मगरले बलात्कार गरेका हुन् । घाँस काट्न जाउँ आन्टी भन्दै फकाएर उनले नर्सरीमा पुगेपछि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा बलामपाकी मगरलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी दोलखा गौरीमुदी–३ बस्ने २६ वर्षीया महिलालाई जंगलमा वस्तु चराउन गएको अवस्थामा शुक्रबार जबरजस्ती करणी गरेको अभियोगमा धुरे–८ बस्ने ३४ वर्षीय रमेशबहादुर बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।