८ कार्तिक २०८३, आइतबार

अवैध लागूऔषधको ‘अखडा’ बन्यो चोभार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drugsकाठमाडौं, १६ साउन । काठमाडौंको चोभार डाँडाँ लागूऔषध कारोबारी केन्द्र बनेको खुलासा भएको छ ।

कीर्तिपुर नगरपालिका–१४ चोभारस्थित मुल सडकमा अवैध लागूऔषध किनबेच गरिरहेको अवस्थामा शुक्रबार तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

खुलेयाम लागूऔषध विक्री गरिरहेका बारा कलैया नगरपालिका–१५ बस्ने २२ वर्षीय लक्ष्मण भारती, कलैया–६ बलरामपुर बस्ने २४ वर्षीय निरज क्षेत्री र ललितपुर जाउलाखेल बस्ने ३२ वर्षीय जुवेल राईलाई डाइजोल्याप ५० थान, फेनाभन ५० थान, नुर्फिन ४५ थान लागूऔषधसहित शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी को.११ प ५०२२ नम्बरको मोटरसाइकलमा आएका सुनसरी घुस्की–१ बस्ने २४ वर्षीय अब्बास अन्सारीलाई कोरेक्स ९७ बोतल र एसपी ट्याप्लेट ८ सय ६४ थानसहित ईनरुवा–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी मकवानपुर हेटौंडा उप-महानगरपालिका–१७ स्थित रातेमाटे चेकप्वाईन्टमा ना.५ अ ३९४६ नम्बरको बसमा चेकजाँच गर्दा बसमा सवार कास्की पोखरा उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय अर्जुन शाही र सोही ठाउँ बस्ने भारत मोतीहारी घर भएका १९ वर्षीय सिकिन्दर ठाकुरलाई लागूऔषध डाइजेपाम ४५ एम्पुल, फेनरागन ४५ एम्पुल र ब्युप्रिनोर्फिन ४५ एम्पुलसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी मकवानपुर हेटौंडा उप–महानगरपालिका–१७ स्थित रातेमाटेस्थित चेकप्वाईन्टमा ना.५ ख १९४५ नम्बरको बसमा चेकजाँच गर्दा बसमा सवार स्याङजा पिपलडाँडा–४ बस्ने १८ वर्षीय तिलकबहादुर बि.क.लाई तिघ्रामा लुकाई ल्याएको लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनरागन २५ एम्पुल र ब्युप्रिनोर्फिन २५ एम्पुलसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।