८ कार्तिक २०८३, आइतबार

सञ्चारमन्त्रीको प्रश्न-‘१५ दिन ढिला गर्दा के हुन्छ ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendra-rijalपोखरा, १६ साउन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधानको प्रारम्भिक मस्यौदामा जनताबाट आएका उपयुक्त सुझावलाई समेटेर नयाँ बन्ने संविधान परिमार्जन गर्न सकिने बताउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित प्रजातन्त्रका सेनानी स्व दयाशङ्कर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित ‘दयाशङ्कर पालिखे पत्रकारिता पुरस्कार’ पत्रकार कुशुमकेशव पराजुलीलाई आज वितरण गर्दै उहाँले जनताका सकारात्मक सुझाव संविधानमा समावेश गरिँदैन भन्ने कुरा सरासर गलत हो भन्नुभयो ।

उहाँले संविधान निर्माणको कामलाई १५ दिन ढिलो गरेर भए पनि असन्तुष्ट पार्टीहरुको सुझावलाई पनि समेटेर सीमाङ्कनसहितको संविधान जारी गर्दा उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री डा रिजालले न्यूनतम मापदण्ड पूरा गरेका टेलिभिजन, रेडियो र छापा माध्यमलाई मात्रै मिडिया मानिने बताउदै छापिने सबै चिज पत्रिका नहुने र अनलाइनमा देखिने सबै मिडिया नहुने स्पष्ट पार्नु भयो ।

वाक तथा प्रकाशक, स्वतन्त्र अभिव्यक्ति र धार्मिक स्वतन्त्रतामा कसैसँग सम्झौता गर्न नसकिने विचार व्यक्त गर्दै उहाँले सरोकारवालाहरुसँगको सहयोग नपाउँदा आमसञ्चार नीति आउन नसकेको धारणा राख्नुभयो ।

रु ३३ हजार ३३३ राशिको सो पुरस्कार प्राप्त गर्ने पत्रकार पराजुली १६औँ व्यक्ति हुनुहुन्छ । यसभन्दा अघि यस पुरस्कारबाट १५ जना स्रष्टा पुरस्कृत भइसक्नुभएको छ ।

महासङ्घका सभापति रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभासद् यज्ञबहादुर थापा, पुरस्कार छनोट समितिका संयोजक नारायण कार्कीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस