३० आश्विन २०८३, शुक्रबार

नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

scotlandकाठमाडौं, १६ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजित भएको छ ।

शुक्रबार वर्षाले प्रभावित खेललाई डक वर्थ लुइस पद्धतिमा छोट्याउँदा २२ ओभरमा ११० रनको लक्ष्य पाएको स्केटल्याण्डले १.४ ओभरमा १५ रन बनाउँदा फेरि वर्षा भएपछि खेल रोकिएको थियो ।

वर्षाले रोकिएको खेल शनिबार भएको हो । जसमा नेपाल ९ विकेटले पराजित भएको हो । डक वर्थ लुइस पद्धति अनुसार स्कटल्याण्डले पाएको लक्ष्य १४ औं ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । नेपालका लागि सोमपाल कामीले मात्र एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । ओपनर महेश क्षेत्री ३ र अनिल मण्डल ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल १६ र कप्तान पारस खड्का १० आउट भएपछि नेपालले ४१ रन जोड्दा चार विकेट गुमाएको थियो ।

शरद भेसवाकरले प्रदिप ऐरीसँग ३३ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । तर, प्रदिप १६ रनमा आउट भए । शरद र पृथु बास्कोटाले २० रनको साझेदारी गरे । शरद ३० रनमा आउट भए ।

तल्लो क्रममा खेलेर बसन्त रेग्मीले १९ र अभिनाश कर्णले १७ रनको योगदान दिए । सोमपाल कामी ७ रनमा आउट भए भने शक्ति गौचन ७ रनमा अविजित रहे । स्कटल्याण्डका इभान्सले ३ विकेट लिएका थिए ।