३० आश्विन २०८३, शुक्रबार

नेप्से २६ अङ्कले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stock-Marketकाठमाडौँ, १६ साउन । नेपाल राष्ट्र बैंकले चालु आव २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गरेलगतै उकालो लागेको नेप्से परिसूचक यो साता ओरालो लागेको छ ।

यो साताको नेप्से पहिलो दिनको तुलनामा २५.९७ अङ्कले घटेर अन्तिम दिन १०२७.९८ अङ्कमा पुगेको हो । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.११ अङ्कले बढेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीको १५ हजार ४१६ कारोबारबाट रु तीन अर्ब तीन करोड २६ लाख ९३ हजार बराबरका ७१ लाख ९४ हजार ७२० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार कारोबार रकम गत साताको भन्दा २२५.२९ प्रतिशत बढी हो । गत साता १६३ कम्पनीका पाँच हजार ९१२ कारोबारबाट रु ९३ करोड २३ लाख ९६ हजार बराबरका १९ लाख २० हजार ४२० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.८६ अङ्कले घटेर २२०.९८ अङ्कमा आइपुगेको छ ।

यस साता रु २२ करोड ४४ लाख ९० हजारको कारोबार गरेर एभरेस्ट बैंक रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

त्यसैगरी १० लाख ६९ हजार कित्ता सेयर कारोबार गरेर सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ को सबैभन्दा बढी सेयर बिक्री भएको छ । त्यसैगरी एभरेस्ट बैंकले ५७७ कारोबार गरेर सङ्ख्याका आधारमा अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस