८ कार्तिक २०८३, आइतबार

सूर्यविनायकमा भूकम्प !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhaktpurभक्तपुर १६ साउन । भूकम्पले पारेको असर र त्यसपछि देखिएका परिदृष्यलाई भक्तपुरका कवि तथा स्रष्टाले आफ्ना रचनामार्फत प्रस्तुत गर्नुभयो ।

सूर्यविनायक चोकमा शब्द प्रहरले आज आयोजना गरेको कार्यक्रममा कवि काशीराम विरस, सुरेश बखुन्छेँ, एलके सुन्दर, कृष्ण कुह्मा, हरिसुन्दर छुकां, तुल्सीलाल वासुकला, तुल्सीकुमार त्वायनालगायत करिब १२ जनाले भूकम्पका कारण प्रभावित भएको जनजीवनलाई कविता, गजल, हाइकुमार्फत अभिव्यक्ति दिनुभयो । भूकम्पपछि सिर्जना भएको अन्योलको अवस्थामा पनि साहित्यकारले आफ्नो रचनामार्फत भूकम्पलाई जित्नु अनिवार्य भएको भावसहितका रचना प्रस्तुत गरिएको थियो ।

स्रष्टाले आफ्नो रचनामार्फत भूकम्पले आफूलाई पारेको प्रभावसँगै आफूले देखेका, भोगेका, सुनेका मानवीय संवेदना र प्राकृतिक रुपमा सिर्जना भएको अवस्थाको चित्रण गर्नुभएको थियो । रासस