८ कार्तिक २०८३, आइतबार

रुपन्देही मालपोतमा बबण्डर, विभागीय प्रमुख अनविज्ञ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupandehi– नरेश केसी
भैरहवा, साउन १७ । मालपोत कार्यलय रुपन्देहीमा गत साउन २ गते राति सोही कार्यलयका कर्मचारीले मच्चाएको बबण्डरको विषयमा विभागीय प्रमुख नै अनविज्ञ रहेका छन् ।

यहि साउन २ गते शनिवार राति करिब १० बजे सोही कार्यलयका शाखा अधिकृतद्वय गम बहादुर विश्वकर्मा, माधवप्रसाद घिमिरे, कम्युटर अपरेटर क्रृषी अर्याल र खरदार दिवाकर पन्थि नेतृत्वले अनाधिकृत रुपमा श्रेस्ता मोठ ठेली लैजाने क्रममा प्रहरी फन्दामा परेका थिए ।

मालपोतकै कर्मचारीहरु रातिको समयमा बुटवल फांटका मोठ ठेली श्रेस्ता लगायतका काजगपत्र कसैलाई थाहै नदिई लैजादै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएता पनि राती नै छाडिदिएको थियो । सोही विषयलाई लिएर रुपन्देहीको बुटवल भैरहवा, सालझण्डी, धकधई, देवदह, सूर्यपुरा, लुम्बिनी, मर्चवारको चौंक चौंक र गाऊ गाऊमा मालपोतमा भएको घटनाको चर्चा परिचर्चा चलिरहेको देखिन्छ । तर मालपोतका महत्वपुर्ण काजगपत्र सोही कार्यलयका कर्मचारीद्वारा चोरीको शैलीमा उठाउने कर्मचारीलाई कुनै कारबाहि नभएकोप्रति सबै आश्चर्यचकित भएका छन् ।

कार्यलयमा कार्यरत कर्मचारीहरुमा अहिले कार्यलय भित्रै गाईगुई सुनिन्छ की गम बहादुर , माधव त डनै रहेछन बा, राती आए जे मन लाग्यो त्यहि गरे कसले के गर्ने ? न पुलिस न प्रशासन ? सबैभन्दा धेरै सेवाग्राही आवत जावत गर्ने सो कार्यलयको भित्र तथा आसपासमा रहेका चिया दोकान, फोटोकपि दोकान चारैतिर मालपोतको चोरी प्रकरणमा खासखुस चलिरहेको देखिन्छ । सर्वपक्षिय चासोको विषय रहेको मालपोत कार्यलयमा भएको चोरी प्रकरणलाई प्रशासनले नियतवशः गरेको नभई ढंग नपुराई गरेको हुनाले चोरी भन्न नमिल्ने बताएको छ । सोही राती नै प्रहरीलाई निर्देशन दिदैं प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले छाड्न निर्देशन दिएका थिए ।

यो सम्बाददाताले सिडिओ साब तपाईले त रातीमा मालपोतका कागजपत्र लैजान खोज्नेलाइ कारबाहि नगरि छाडिदिनुभएछ नी भनी सोधेको प्रश्नमा सिडिओ ढकालले प्रतिउत्तरमा भने “उनीहरुलाई चोर नै भन्न मिल्दैन तर रातीको समयमा ढंग नपुराई काम गरेकोले मैले चेतावनी दिएर छाडेको हुं । कर्मचारीहरुले गल्ती स्वीकारी सकेका छन् । ” सिडिओको निर्देशनमा प्रहरीले राती नै कर्मचारी परिचय पत्र भएकै भरमा ती व्यक्तिहरुलाई छाडिदिएको थियो । सरकारी कर्मचारी भएकै भरमा जुनसुकै कागजपत्र जो पायो त्यसले कार्यलय प्रमुखलाई जानकारी नदिइ लान मिल्छ त भनी सोधेको प्रश्नमा सिडिओ ढकालले भने त्यो त मिल्दैन तर उनीहरुले रातीमा लैजान खोज्नु गलत थियो ।

मालपोत प्रमुख गिरीराज ज्ञवाली काठमाण्डौं गएको बेला बुटवल सेवा केन्द्रका प्रमुखको टोली रातिको समयमा चोरको शैलीमा कार्यलय प्रवेश गरि कागजपत्र लैजादै गर्दा पक्राउ परेका थिए । मालपोतका कार्यलय सहयोगी तथा चौकिदार लाल बहादुर थापाले रातीको समयमा कार्यलयमा प्रवेश गर्न निषेध गर्दागर्दै मादक पदार्थ सेवनगरी लठिठ्एका ती कर्मचारी जवरजस्ती कार्यलयमा प्रवेश गरी कागजपत्र उठाउन थालेका थिए । सोही समयमा स्थानियले प्रहरी प्रशासनलाई खबरगरेपछि प्रहरीले ती कर्मचारीलाई पक्राउ गरेका थियो ।

पक्राउ परेका कर्मचारीलाई प्रहरीले पक्राउ गरि राति नै थप अनुसन्धानकोलागी जिल्ला प्रशासनमा पठाएको रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकाल बताउंछन् । एसपी ढकालले भने “प्रहरीले राति नै नियन्त्रणमा लिई थप अनुसन्धानकोलागी जिल्ला प्रशासन पठाएको हो । पछि के कारबाहि भयो थाहा भएन । ” यता जिल्लाको मालपोतमा मच्चिएको यति ठुलो बबण्डरको विषयमा भुमि सुधार तथा व्यवस्थापन विभागका महानिर्देशक भने अनविज्ञ रहेको पाईएकोछ । रुपन्देही मालपोतमा कर्मचारीहरुले रातिको समयमा श्रेस्ता मोठ चोरेको विषयमा के भईरहेको छ भनी हामीले विभागका महानिर्देशक रोहित भट्टराईलाई बुझ्न खोज्दा उनी आश्चर्यचकित हुदैं भने “ होइन सर तपाई के भन्दै हुनुहुन्छ ∕ मलाई त यो विषयमा केही पनि थाहा छैन ।” पछि थाहां भयो रुपन्देही मालपोत कार्यलयका प्रमुख गिरीराज ज्ञवालीले निर्देशकलाई रिर्पोट गरेका रहेछन् । महानिर्देशक भट्टराईले पछि पुनः सम्पर्कमा आई यो सम्बाददातालाई बताए “ जनताको घर जग्गाको अभिलेख रहेको मोठ, श्रेस्ता कसैले पनि अनाधिकृत रुपमा यता उता गर्न पाउदैंन । जे सुने त्यो गलत हो । गल्ती गर्नेलाई कानुनी कारबाहि हुन्छ । के के भएको हो मैले तत्काल बुझ्छु र गल्ती गर्नेलाई कारबाहि प्रक्रिया पनि अगाडी बढाउछुं ।

यता कर्मचारीको रुपमा रहेका चोरहरुलाई प्रसासनले कार्वाही नगरि जोगाउन खोज्नु गलत भएको सभासद दीपक बोहराले बताएका छन् । रुपन्देही २ बाट प्रतिनिधित्व गर्ने सभासद बोहराले भने “ रातिको समयमा कुनैपनि कार्यलयबाट कागजपत्र लैजाने छुट कसैलाई छैन । यदि ती व्यक्तिले नियतवशः सम्पुर्ण फाइल, श्रेस्ता लगेर नष्ट गरेको भए को जवाफदेही हुन्थ्यो । ” राप्रपाका महामन्त्रि समेत रहेका बोहराले सेवा केन्द्र विस्तार गर्नु राम्रो भएता पनि प्रक्रिया ठीक नभएको समेत बताए ।

कर्मचारीको आवरणमा चोरी गर्नेलाई कारबाहि नभए कडा आन्दोलनमा जाने नागरिक समाजका अगुवाले बताएका छन् । “हामीहरुलाई सिडिओ साबले छानविन गरि कार्यवाही गर्ने आश्वसन दिनु भएको छ, कार्यवाही नभए हामी आफै किटानी निवेदन दिने छौ । ” रातको समयमा अनाधिकृत रुपले सरकारी कार्यलयका कागजपत्र लैजाने कार्य भ्रष्टचारको एउटा रुप भएको पारदर्शि नेपाल सिद्धार्थनगरका सचिव विश्वप्रेम काफ्लेले जनाए । भ्रष्टचारको विरुद्धमा सक्रिय रुपमा लागिरहेको सो संस्थाका सचिव काफ्लेले भने “कर्मचारीको आवरणमा गल गर्ने छुट कसैलाई दिइनुहुन्न । ”