– अनिल खत्री
गुल्मी, १६ साउन । बजाज कम्पनीको नयाँ मोडलको पल्सर मोटरसाईकल बजारमा आउने भएको छ ।
आईतबारबाट बजाज कम्पनीका नयाँ मोडलका तीनवटा मोटरसाइकल बजारमा आउन लागेका हुन् । बजाज कम्पनीको गुल्मी बिक्रेता सगरमाथा अटो मोबाइल्स कम्पनी प्रबन्धक नारायण जिसीले बजाज कम्पनीले आईतवारबाट पल्सर २ सय सिसी, पल्सर १ सय ५० एस र २ सय एस सिसी मोटरसाइकल बजारमा ल्याउन लागेको बताए ।
बजाराम आउन लागेका पल्सर २ सय सिसीको मोटरसाईकललाई रु ३ लाख ९९ हजार ९ सय पर्ने प्रबन्धक जिसीले बताए । पल्सर १ सय ५०एस लाई २ लाख ४९ हजार ९ सय पर्ने छ भने पल्सर २ सय एस लाई २ लाख ८४ हजार ९ सय बजार मुल्य पर्ने प्रबन्धक जिसीले बताए । पल्सर मोटरसाईकलले १५ वर्षपछि नयाँ मोडलको पल्सर मोटरसाइकल बजारमा ल्याएको हो । आईतवारबाट बजारमा आउँन लागेको पल्सर मोटरसाईकल नयाँ मोडलका भएकाल नयाँ जेनेरेसनहरुले मन पराउने बताईएको छ ।
गुल्मीका बजारमा पल्सरमोटरसाईकल ६५ प्रतिशत बजार कायम गरेको छ । बजाज कम्पनीले सन २००१ बाट नयाँ मोडलको पल्सर मोटर साईकल बजारमा ल्याएको थियो ।
















प्रतिक्रिया