– बसन्त बिश्वकर्मा
बाजुरा, १६ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले बाजुराका स्थानीय बिकास अधिकारी युवराज पौडेललाई कालोमुसो दलेका छन् ।
शु्क्रबार दिउँसो ३ बजेतिर जिल्ला बिकास समितिको कार्यालयमा काम गरिरहेका बेला अकस्मात प्रवेश गरेर कोलोमुसो दलेको स्थानीय विकास अधिकारी(एलडिओ) पौडेलले बताए । ‘म कार्यकक्षमा काम गरिरहेको थिए, पूर्व सभाषद दबलबहादुर शाह प्रवेश गर्नु भो मैले शिष्टताका साथ स्वागत गरे तपाइसंग कुरा गर्नुछ, अलि नजिक आउनुस् भन्दा म आफ्नो कुर्सीबाट सोफामा बसे अनि शाहले हात छोपे अनि अर्को ब्यक्ति आएर मलाई कालो मुसो दलेर दुबैजना भागे’ एलडिओ पौडेलले भने ।
नेकपा माओवादी जिल्ला संगठन बाजुराले स्थानीय बिकास अधिकारी युवराज पौडेललाई कालोमुसो दल्नुको कारण जिल्लामा सञ्चालन गरिएका आयोजनहरुबाट रकम कमिसन लिएको भन्दै बिज्ञप्ती मार्फत १२ बुदे स्पस्टीकरण दिएको छ ।
यता स्थानिय बिकास अधिकारी पौडलले भने चन्दा नदिएकाले कालोमोसो दलेको दाबी गरे । स्थानीय बिकास अधिकारीमाथि भएको अमानवीय क्रियाकलाप दुःखद घटना भएको र कालो मुसो दल्नेको पहिचान हुन नसकेकाले खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले बताए । चाँडै दोषी पत्ता लगाई कडा कारवाही गरिने उनको भनाई छ ।















प्रतिक्रिया