इनरुवा, १६ साउन । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार साँझ ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
इनरुवा–७ स्थित प्रहरीको टोलीले जाँच गर्ने क्रममा भारतीय बजारबाट आउँदै गरेको को११प ५०२२ नम्बरको मोटरसाइकलबाट सुनसरी घुस्की–१ बस्ने अब्बास अन्सारीको साथबाट लागुऔषध फेला पारेका हुन् ।
प्रहरीले उनको साथबाट कोरेक्स ९७ बोतल र स्पस्मोप्रोक्सिभोन ८३४ ट्याबलेट बरामद गरेको छ । पक्राउ परेका अन्सारीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने र लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने सुनसरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया