३० आश्विन २०८३, शुक्रबार

नेपालद्धारा स्कटल्याण्डसामु १६८ रनको लक्ष्य प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricketकाठमाडौं, १५ साउन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्याण्डसामू १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्याण्डको घरेलु मैदान आयरमा निर्धारित ५० ओभरको खेलमा ४९.१ ओभर खेल्दै १६७ रन बनाएर नेपाल अलआउट भयो । टस हारेर व्याटिङको निम्तो पाएको नेपालको सुरुवाती प्रदर्शन राम्रो भएन् । नेपालले पहिलो १० ओभरमा ३ विकेट गुमाएर मात्र ३३ रन जोड्न सक्यो ।

नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक ३० रन बनाए । ओपनर अनिल मण्डल र महेश क्षेत्रीले तीन र ९ रनमा मात्रै बनाए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दै २ चौकासहित १६ रन जोडे । यस्तै कप्तान पारस खड्का ११ बलमा १० रन बनाउँदै आउट भए ।

३४ बल खेलेका प्रदिप ऐरीले १ चौका र १ छक्का सहित १६ रन बनाएर आउट भए। सोमपाल कामीले ७ रन बनाए। उनले १३ बलको सामना गरेका थिए।

यस्तै, पृथ्यु बाँस्कोटा ४२ बल खेल्दै १ चौका र १ छक्कासहित १६ रन बनाएर आउट भए । बसन्त रेग्मीले १९ रन बनाए। ४२ बलको सामना गरेका उनले १ चौका प्रहार गरेका थिए। शक्ति गौचन ६ र अभिनाश कर्णले १७ रन बनाए।

घरेलु टोलीका लागि एलेस्डेर इभान्ट्सले ३ विकेट लिए । यस्तै गेभिन मेन, माइकल लेस्क र शैफान सरिफले समान २–२ विकेट लिए । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भएको थियो ।