३० आश्विन २०८३, शुक्रबार

नेपाललाई पहिलो झट्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-chettriकाठमाडौं, १५ साउन । आइसीसी विश्वक्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नेपाल र स्कटल्याण्डबीचको दोस्रो खेल सुरु भएको छ ।

खेलको तेस्रो ओभरमा नेपालले पहिलो विकेटका रुपमा महेश क्षेत्रीलाई ३ रनमा गुमाएको छ । उनलाई अलास्डेर इभानले जर्ज मुन्सिद्वारा क्याच गराए । ८ बल खेलेका उनी अनिल मण्डलसँगै ओपनिङमा आएका थिए । ओपनर मण्डललाई साथ दिन ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् ।

स्कटल्याण्डको घरेलु मैदान आयरमा टस हारेर नेपाल ब्याटिङ गरिरहेको छ ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री .(विकेट किपर), अनिल मण्डल, शरद भेषावकर, पृथु बाँसकोटा, राजेश पुलामी मगर, सिद्धान्त लोहनी, प्रदीप ऐरी, सोमपाल कामी र अभिनाश कर्ण रहेका छन् ।