सोलुखुम्बु, १५ साउन । आफैले जन्माएको शिशु मारेर एक महिला प्रहरी फन्दामा परेकी छिन् ।
आफैले जन्माएको नवजात शिशु मारेर फाल्ने सोताङ–९ बस्ने २७ बर्षीया कमला विकलाई प्रहरीले पक्राउ गरेको हो । विवाहित विकले साउन १० गते विहान घर छेउको बारीमा छोरी जातको नवजात शिशु जन्माई मारेर सोही ठाउँको लबुवा भिरमा लगेर फालेकी थिइन् ।
सो घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहिबार उनलाई पक्राउ गरेको हो । शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया