८ कार्तिक २०८३, आइतबार

हिन्दूराष्ट्रको माग राख्दै दाङ बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bandतुलसीपुर (दाङ), १५ साउन । संविधानमा हिन्दूराष्ट्र राख्नुपर्नेलगायतका माग राखेर स्वधर्म संस्कृति संरक्षण अभियान, हिन्दू जागरण अभियानलगायतका विभिन्न संस्थाले आह्वान गरेको दाङ बन्दका कारण आज बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीमा सवारीका साधन नचलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसैगरी, जिल्लाका तुलसीपुर, घोराही, नारायणपुर, लमही, भालुवाङबजार पनि बिहानैदेखि पूर्णरुपमा बन्द रहेका छन् ।

त्यसैगरी, शिक्षण संस्था, कलकारखाना पनि बन्द नै छन् । बिहानैदेखि तुलसीपुर बजारका ठाउँठाउँमा पसल बन्द गराउनका लागि बन्दकर्ता हिँडेका देखिन्थे भने बजारमा सुरक्षाकर्मीको परिचालन पनि बाक्लो रहेको छ । रासस