८ कार्तिक २०८३, आइतबार

काठ चोरीमा संलग्न आठ पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), १५ साउन । वन गस्ती टोलीले सामुदायिक वनको काठ चोरीमा संलग्न आठजनालाई आज बिहान दक्षिणी झापाको राजगढबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलथल–९ निवासी प्रेम तामाङ, सोही ठाउँ निवासी दीपक तामाङ, कृष्ण तामाङ, चक्र लिम्बू, फूलमाया तामाङ, रेश्मा पालाङसुताङ, सृजना तामाङ र सरिता लिम्बू रहेको जानकारी इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलले दिनुभयो ।

उहाँका अनुसार जलथलमा रहेको शान्ति सामुदायिक वन क्षेत्रबाट सखुवाका लाथ्रा (बढ्दै गरेको बिरुवा) काटेर बिक्रीका लागि राजगढ बजार ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । जिल्ला वन कार्यालय झापासहित मनकामना वन समूह राजगढ, इलाका प्रहरी कार्यालय राजगढ र स्थानीय उपभोक्ताको सहभागितामा गरिएको संयुक्त वन गस्ती टोलीले उनीहरुलाई काठ लोड गरिएको साइकलसहित पक्रेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये केहीले सखुवाका लाथ्राबाट तयार गरिएको दाउरा बिक्रीका लागि राजगढ ल्याउँदै अवस्थामा दाउरासहित पक्राउ गरेको मनकामना सामुदायिक वन राजगढका अध्यक्ष तुलसीप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय लगिएको इप्रका राजगढका प्रमुख पौडेलले बताउनुभयो ।

केही दिनयता दक्षिण क्षेत्रमा रहेका सामुदायिक वन क्षेत्रबाट खुलेआम काठको चोरी तस्करी हुने गरेको जनगुनासो बढेपछि जिल्ला वन कार्यालयसहित प्रहरीको टोलीले मनकामना सामुदायिक वन समूहको अगुवाइमा वन गस्तीलाई तीव्र पारेको जनाएको छ । रासस