८ कार्तिक २०८३, आइतबार

लागुऔषधसहित एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ साउन । मोरङमा लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको छ ।

खोटाङको खार्ताम्छा–८ घर भई हाल काठमाडौँको बौद्ध पिपल बस्ने १८ वर्षीय इन्द्र राईलाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय अनुसन्धान समूह र क्षेत्रीय लागुऔषध ब्युरोको टोलीले उनलाई बिहीबार साँझ विराटनगर–२१ ढाटमा जाँचका क्रममा पक्राउ गरेको हो ।

उनको साथबाट लागुऔषध एभिल, लुपीजेसिक र डाइजेपामको १००÷१०० एम्पुल बरामद भएको छ । राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, रानी विराटनगरमा राखिएको छ । रासस