८ कार्तिक २०८३, आइतबार

चितवनमा पुलबाट ट्रक खस्दा एकको मृत्यु, दुई गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), १५ साउन । चिवतनको कविलासस्थित रिद्धिखोलाको पुलबाट ट्रक खस्दा एकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

गएराति पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ना१ख ८९५७ नम्बरको ट्रक चितवन कविलासको रिद्धिखोला पुलबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन नसकेको र उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मकवानपुर भीमफेरी बस्ने २२ वर्षीय युवराज श्रेष्ठ र रौतहट बस्ने २६ वर्षीय पन्नालाल यादव रहेका छन् ।

उनीहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस