८ कार्तिक २०८३, आइतबार

सतासी खोलामा झोलुङ्गे पुल निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १५ साउन । झापाको शिवसताषी नगरपालिका–७ स्थित दूधे झिलझिले सडकखण्डदेखि उत्तर सतासी खोलामा झोलङ्गे पुल निर्माण भएको छ ।

मैनाचरी विद्यालयसँग जोडिएको सो खोलामा करिब रु २० लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको हो । मैनाचरी स्पेन्डिेड ब्रिज नामकरण गरिएको सो झोलुङ्गे पुलको लम्बाइ ४५ मिटर छ । पुलमा साइकल र मोटरसाइकल सजिलै पार गर्न सकिन्छ ।

जिल्ला विकास समिति झापाबाट, सतासीधाम गाविस, स्थानीय समुदाय, दातृ संस्थाको आर्थिक र साहारा नेपालको प्राविधिक सहयोगमा पुलको निर्माण भएको हो ।

वर्षौंदेखि खोलामा पुल नहुँदा कष्टसँग आवतजावत गरिरहेका विद्यार्थी र स्थानीयवासीलाई सुविधा पुगेको छ ।
झापामा यसै आर्थिक वर्षसम्ममा आठवटा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

थोरै लागतबाट निर्माण गर्न सकिने भएकाले पछिल्लो समयमा तराईमा पनि यो अवधारणा ल्याएको र ठूला योजना नपरेका स्थानमा यस्ता झोलुङ्गे पुल प्रभावकारी हुँदै गएको जिल्ला प्राविधिक कार्यालय झापाका सबइन्जिनियर उत्तम खरेलले जानकारी दिनुभयो ।