काठमाडौं, १५ साउन । तपाईँका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन् ? रिसाउने र एकान्त मन पराउनेजस्ता असमान्य आनीबानी देखाइरहन्छन् ? उनीहरुको उमेर अनुसार शारीरिक र मानसिक विकास भएको छैन ? यस्ता लक्षण बालबालिकामा देखिए स्वास्थ्यकर्मीको परामर्श तुरुन्त लिनुपर्छ ।
उनीहरुको रगतमा हानीकारक लिड सिसाको मात्र बढी हुन सक्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तयार पारेको प्रतिवेदन अनुसार उपपत्यकाका ३ जिल्लाका बालबालिकाको रगतमा लिडको मात्र अत्यधिक भेटिएको छ ।
परिषद्ले लिडजन्य सामग्री खेलौनाका कारण बालबालिकामा असर बढ्दै गएको परिकल्पनामा अनुसन्धान गरेको थियो ।
लिडले बच्चाको शारीरिक र तथा मानसिक विकासमा असर पुराउछ । लिडको मात्रा बढी भए बच्चाको पेट दुख्ने खान मन नलाग्ने मानसिक विकास रोकिने, कब्जियत तथा रक्तअल्पता हुने जस्ता समस्या देखिन्छन् ।















प्रतिक्रिया