८ कार्तिक २०८३, आइतबार

नेपाललाई हिन्दु राष्ट्र बनाउन मुस्लिम समुदायको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hindu-muslim– सन्तोष काफ्ले

धरान, १४ साउन । संविधानमा हिन्दु राष्ट्र कायम गरिनुपर्ने माग राख्दै हिन्दुवादीहरुले छ दिनयता इटहरीमा गरीरहेको आन्दोलनमा मुस्लिम धर्मालम्वीहरुले समेत समर्थन जनाएका छन् ।

वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समितिले विहीबार इटहरीमा निकालेको र्याली, बन्द र कोणसभामा मुस्लिमहरुको समेत सहभागिता थियो । उनीहरुले ‘हिन्दु–मुस्लिम भाईभाई रक्षा गरौं गाईलाई’ लगायतका नारा लगाए ।

हिन्दु राष्ट्र हुनुपर्ने भन्दै आन्दोलनरत हिन्दुवादीहरुलाई आफ्नो पनि समर्थन रहेको नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य सहादत हुसैनले बताए । उनले नेपालमा हिन्दु र मुस्लिमबीच भाईभाईको सम्बन्ध रहेको बताउँदै सदियौंदेखि नेपाल हिन्दु राष्ट्र रहेकाले अबपनि हिन्दु राष्ट्र हुुनुपर्ने धारणा राखे ।

हिन्दुवादीहरुले आजपनि एक घण्टा इटहरीमा चक्काजाम गर्दै हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका छन् । यसैबीच, नेपालका प्रथम जगत गुरु बालसन्तले समेत हिन्दु राष्ट्र मागगर्दै भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । उनले हिन्दुवादीहरुले इटहरीमा गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप लगाउदै दमनको भत्र्सना समेत गरे ।

आज इटहरीमा हिन्दुवादीहरुले गरेको प्रदर्शनमा ठूलो संख्यामा मुश्लिम समुदायका प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । यसअघि नेपालको राष्ट्रिय झण्डा दुरुपयोग गर्दै आएका प्रदर्शनकारीहरुले हिजोदेखि भने हिन्दुहरुको पहेलो झण्डा मात्र प्रयोग गर्न थालेका छन् ।

झण्डा दुरुपयोगको समाचार प्रशारण भएपछि इलाका प्रहरी कार्यालयले त्यसलाई खोसेको थियो भने, प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले झण्डा दुरुपयोग नगर्ने शर्तमा फिर्ता दिएका थिए । सुनसरीका राजनीतिक दलहरुले समेत राष्ट्रिय झण्डालाई दुरुपायोग नगर्न आग्रह गरेका थिए ।