८ कार्तिक २०८३, आइतबार

पञ्चायतमा बालक किच्ने ‘ड्राइभर’ गणतन्त्रमा समातिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

driverकाठमाडौँ, १४ साउन । पञ्चालयतकालमा ट्याक्टरले बालकलाई किचेर फरार चालक ३१ वर्षपछि बुधबार पक्राउ परेका छन् ।

२०४१ साल जेठ ३१ गते १३ बर्षीय कृष्ण गोपाल कोजुलाई तत्कालीन भक्तपुर नगर पञ्चायत –३ गरुड कुण्डलमा बा.अ.त १०६ नम्बरको ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको थियो ।

बालक किचेर फरार भक्तपुर नगरपालिका–१ तौलाक्षे बस्ने ४८ बर्षीय ट्याक्टर चालक भिम प्रसाद गोजालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलीले ३१ वर्षपछि पक्राउ गरी विहीबार सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । चालक गोजालाई ३१ बर्षपछि दुवाकोट भक्तपुरबाट पक्राउ गरिएको हो ।

प्रहरीले पैmसला कार्यान्वयनको लागि निजलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेको छ । अदालतले गोजालाई २ बर्ष कैद र १ हजार जरिवानाको फैसला गरेको थियो ।