– डम्मरराज भट्ट
महेन्द्रनगर १४ साउन । कञ्चनपुरका तीन जना कृषकहरुले जमिन बन्धकी राखेर आफ्ना छोराहरुलाई विदेश पठाए । तर विदेश पठाएका तिनै कृषकका छोराहरुलाई बैदेशिक रोजगारदाता ऐजेण्टले धोका दिएपछि, उनीहरुले विदेशमा सम्झौता अनुसारको नत, काम नै पाए, उल्टै उनीहरु त्यहाँ संकटमा परे ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका तीन जना युवाहरु सम्झौता अनुुसार काम पाएनन् । उनीहरुलाई अमानवीय तरिकाले श्रममा लगाएपछि राष्ट्रिय जनमोर्चा कञ्चनपुरको पहलमा त्यहाँबाट उद्धार गरिएका छन् ।
स्मार्ट ओभरसिज प्राली मार्फत फुल प्याकिङ्गको लागि मलेसिया गएका बेलौरी–२ गोकुलपुरका अनिल राना, सुरेश राना र अमर रानालाई जनमोर्चा कञ्चनपुरको पहलमा सकुलस उद्धार गरिएको जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालले बताए । उनका अनुसार तिनै जना युवकहरुको घरपरिवारले पार्टीमा आफ्ना छोराहरुको उद्धारका लागि निवेदन दिएपछि जनमोर्चा कञ्चनपुरले जनमोर्चा निकट विदेशमा रहेको अन्र्तराष्ट्रिय नेपाली एकता समाजको समन्वयमा साउन दोस्रो साता उद्दार गरि घर फर्काएको हो ।
बैदेशिक रोजगारका लागि पहिलो चरणमा जमिन बन्धकी राखेर विदेश पठाईकाहरुलाई उद्दार गर्नका लागि जनही ५० हजारका दरले थप विदेश पठाएर घर फर्काइएको जनमोर्चा कञ्चनपुरका अध्यक्ष लम्सालले जानकारी दिए ।
अमर रानाका बुवा मोली रानाले छोराहरुलाई जमिन बन्धकी राखेर विदेश पठाए पनि दलालका कारण छोराहरुको ज्यान खतरामा परेकाले बचाउनै धौउ धौउ गरेको बताए । ‘हामीहरु थाहा थिएन् छोराहरुले आफुहरु विदेश जान्छौँ, भन्दै पहिले डेढ–डेढ लाख पैसा मागे,पछि विदेश गएपछि संकटमा परेकाले फोन गरेपछि मात्रै थाहा फसाएको थाहा भयो ।’, उनले भने । रोजगारका लागि मलेसिया पुगेर फर्केका सुरेश चौधरीले पूर्नबास नगरपालिका ५ का मान महादुर तामाङ्ग मार्फत आफुहरु विदेश गएको बताए ।
सम्झौतामा फुल प्याकिङ्ग र मासिक १२ सय मलेसियन पैशा र ८ घण्टा मात्रै काम भनेपनि त्यहाँ आफुहरुबाट कडा लेबरी काममा लगाईएको उनको गुनासो छ। ‘हामीलाई सरिया, सिमेण्ट र भारी बोल्न लगाईयो, खान पनि दिईएन् ।’, उनले भने । ‘पानी पिउनमा लागि पनि बर्षातको मुख ताक्नुपर्ने बाध्यता थियो ।’ बर्षाको भए मात्रै आफुहरु पानी पिउन पाउने बाध्यता रहेकाले घरमा फोन गरेर जनर्माचाको सहयोगमा सकुसल घर फर्केन सकेको उनको भनाई छ । अमर रानाले एक महिना काम गर्दा समेत राम्रो संग खाना समेत नपाएको गुनासो गरे ।















प्रतिक्रिया