काठमाडौँ, १४ साउन । काठमाडौंमा एक पुरुष मृत भेटिएका छन् ।
चन्द्रागिरी नगरपालिका–१९ पुरानो नैकाप थापागाउँ बस्ने ३५ बर्षीय रुपक बुढाथोकी मृत अवस्थामा फेला परेका छन् । उनलाई बुधबार सोही नगरपालिका–१८ गौरीगाउँ चुनदेवी किचिनी भन्ज्याङ निस्कने बाटोमा मृत फेला पारिएको थियो ।
यसैगरी पर्सा घोडदौडा पिपरा–१ स्थित नहरमा बुधबार हेर्दा डुबेर मृत्यु भएको जस्तो नाम,थर,वतन खुल्न नसकेको अंदाजी ३ बर्षीया बालिकाको शव फेला परेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया