३० आश्विन २०८३, शुक्रबार

काठमाडौंबाट समातिएका मुम्बई हमलाका मुख्य योजनाकार याकूब मेमनलाई फाँसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yakub-momonकाठमाडौं, १४ साउन । भारतमै अहिलेसम्मको ठूलो मुम्बई हमलाका मुख्य दोषी याकुब मेमनलाई आज फाँसी दिइएको छ ।

सन् १९९३ मा सयौंको ज्यान जाने गरी भएको मुम्बई हमलाका मुख्य दोषी मेमनलाई बिहीबार विहान साढे ६ बजे भारतको नागपुर सेट्रल जेलमा फाँसीमा चढाइएको हो ।

फाँसीपछि उनको शवलाई सेट्रल जेलमै पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ । याकुबलाई जेलका सुपरिटेन्डेंट योगेश देसाईले फाँसीमा झुण्ड्याएका हुन् । मेमनलाई काठमाडौंमा २०५१ साल साउन १३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो । त्यसपछि नेपाल प्रहरीले भारतको जिम्मा लगाएको थियो ।

यसअघि मेमनले फाँसी याचनाका लागि भारतीय सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर अदालतले अस्वीकार ग¥यो । राष्ट्रपति प्रणव मुखर्जीले पनि मेननको याचनालाई खारेज गरे ।

मेमनलाई मृत्युदण्ड दिएपछि भारतका जनताले देशमा कानुन बोलियो भएको टिप्पणी गरेका छन् । मार्च १२, १९९३ मा साढे १ देखि साढे ३ बजेबीच मुम्बईका विभिन्न स्थानमा गराइएका शृंखलाबद्ध १२ वटा बम विष्फोटमा २ सय ५७ जनाको ज्यान गयो भने ७ सय १३ जना घाइते भए ।