काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नेपालको काननुलाई एक पछि अर्को गरी चुनौती दिंदै आएका छन् ।
आयोग अगाडि पत्रकार संदिप योगीमाथि अख्तियारका सुरक्षाकर्मीद्धारा हातपात भएको समाचार सार्वजनिक भएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
अख्तियार प्रमुखको गाडीले अख्तियार गेट अगाडि ट्राफिक जाम गरेको बेला पत्रकार योगिले फोटो खिचेका थिए । सोही बिषयमा अख्तियारभित्र रहेका सुरक्षाकर्मीहरुले योगीमाथि कुटपिट गर्दै उनको झोला, क्यामरा र मोटर साइकल नियन्त्रणमा लिएका थिए ।
सुरक्षाकर्मीले झोला र मोटरसाइकल नियन्त्रणमा लिएपनि पत्रकार योगीलाई भने बाटोमा हिाड्ने बटुवाहरुले बचाएका थिए । यो समाचार केही पत्रपत्रिका र सामाजिक सञ्जालमा फैलिएपछि अत्तालिएका लोकमानले उल्टै पत्रकार र पत्रकारिताप्रति पाठ सिकाउादै आफ्नो गल्ती ढाक्न सिंगो पत्रकारिता जगतलाई नै बद्नाम गराई मंगलबार विज्ञप्ति प्रकाशित गरेका छन् ।
लोकमानले लोक हसाउने गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘वस्तुत: समाचारको पेटवोलीमा समुल्लेखन भएजस्तो तस्वीर लिन खोज्ने कुनै सञ्चारकर्मी विशेष माथि आयोग सुरक्षाकर्मीले दुव्र्यवहार गरेको छैन ।
बरु आफुलाई पत्रकार दावी गर्ने एकजना व्यक्तिले बीच सडकमा आफू सवार मोटरसाईकल रोकेर तस्वीर लिईरहादा ट्राफिकजाम, सम्भावित दुर्घटना र सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै आयोग सुरक्षाकर्मीले मोटरसाईकल किनारा लगाउन आग्रह गरेका हुन् ।
आयोग सुरक्षाकर्मीको सो आग्रहलाई निजले उपेक्षा गरिरहादा सडकजामले समस्याको रुप लिए पछि निज सवार मोटरसाईकल किनारा लगाउने प्रयत्न गर्दा निजले उल्टै सुरक्षाकर्मी माथि हातपात गरेका थिए ।’
जबकी प्रत्यक्षदर्शीले नै पत्रकार योगीलाई बचाएका थिए भने अख्तियारका सुरक्षाकर्मीको गल्ती पश्चात उनको क्यामेरा, झोला र मोटरसाईकल फिर्ता गरिएको थियो ।
तर लोकमानले घटनाको सत्यतालाई पन्छाएर कलम र क्यामेराको दम्भका आडमा कसैको चरित्र हत्या गर्नु, दोषारोपण गर्नु र प्रतिष्ठा माथि आक्रमण गर्नु कदाचित स्वस्थ्य पत्रकारिता होइन र हुनसक्दैन भन्दै विज्ञप्ति प्रकाशित गरी आफूलाई पानीमाथिको ओभानोमा राख्न खोजेका छन् ।
मानिलिउा कि अख्तियारमा आयुक्तहरुको नियुक्ति भइसकेपछि पनि लोकमान भनेकै अख्तियार र अख्तियार भनेको लोकमान जस्तै भएको छ ।
त्यसो त लोकमान सवार गर्ने कालो सिसा प्रयोग भएको गाडीको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वसाधारणहरुले पनि उनीमाथि कडा प्रश्न उठाएका छन् ।
सर्वोच्च अदालतको आदेश विपरित उनले कालो सिसा सहितको गाडीभित्र हुाइकिदै सरकार र सिंगो अदालतको धज्जी उडाएका छन् । नेपाल प्रहरीको ट्राफिक महाशाखाले समेत कसैले पनि गाडीमा कालो सिसा प्रयोग गर्न नपाउने भनी निर्णय गरेको थियो ।
यतिसम्म कि, पछिल्लो समय कालो सिसा प्रयोग गरिएको हेलमेट प्रयोग गर्ने मोटरसाइकल चालक समेत ट्राफिकको फन्दामा परिरहादा देशको उच्च ओहदामा रहेका अख्तियार प्रमुखबाट यस्तो हर्कत भएको हो ।
ट्राफिक महाशाखाको नियमअनुसार पनि यो सरासर कानुनको उल्लंघन हो । उनले कुनै पनि निकायको स्वीकृत विना कालो सिसा भएको गाडी प्रयोग गर्दै आएका छन् ।















प्रतिक्रिया