काठमाडौं, १३ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको पहिलो खेलमा २३६ रनको विजयी लक्ष्यसहित अहिले नेपाल स्कटल्यान्डविरुद्ध व्याटिङ गरिरहेको छ ।
स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा जारी खेलमा स्कटल्याण्डले ७ विकेट गुमाएर २३५ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको नेपालको ओपनिङमा महेश क्षेत्री र अनिल मण्डल खेलिरहेका छन् ।
स्कटल्याण्डसँगको खेलमा नेपालबाट कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, पृथु बाँस्कोटा, महेश क्षेत्री, सोमपाल कामी, अविनाश कर्ण, करण केसी, सिद्धान्त लोहनी, राजेश पुलामी मगर, अनिल कुमार मण्डल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकरले खेल्दैछन् ।















प्रतिक्रिया