३० आश्विन २०८३, शुक्रबार

नेपालले पायो २३६ रनको लक्ष्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-2काठमाडौं, १३ साउन । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिता अन्तर्गत स्कटल्याण्डसँगको पहिलो खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ ।

स्कटल्याण्डस्थित एयरमा मैदान तयार नभएका कारण ३६ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेट गुमाउँदै २३५ रन बनायो ।

स्कटल्याण्डका लागि कप्तान प्रेष्टन मोमसेनले सर्वाधिक ७८ रन बनाए । यस्तै कोन्डे लेङ्गेले नटआउट ५५ र काइले कोत्जेरले ४१ रन बनाए । म्याथ्यु क्रस २० र जर्ज मुन्सी १९ रनमा आउट भए ।

नेपालका लागि बसन्त रेग्मी र पारस खड्काले २–२ तथा करण केसी र सोमपाल कामीले १–१ विकेट लिए । २३६ रनको लक्ष्य लिएर नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।