८ कार्तिक २०८३, आइतबार

सामान्य प्रशासन मन्त्री पण्डित सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । नेपाल कुमाल समाज सुधार समितिले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आज सम्मान गरेको छ ।

समितिले यहाँ एक कार्यक्रम गरी कुमाल समुदायबाट इतिहासमै पहिलोपटक मन्त्री बन्नुभएको भन्दै सम्मान गरेको हो ।

सम्मानपछि मन्त्री पण्डितले देशको माया गर्नेलाई सम्मान गर्नुपर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । उहाँले डिभी र पिआर लिएर देशमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने दोहो¥याउनु भयो ।

उहाँले १७ महिने आफ्नो कार्यकालमा निजामती कर्मचारी ऐनको संशोधन भएको बताउँदै सबैको भावनालाई समेट्ने लोकतान्त्रिक संविधान निर्माण हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व सभासद् शारदा कुमालले समावेशी प्रतिनिधित्व गराउने खालको कानुन आवश्यक रहेको धारणा राख्नु भयो ।