८ कार्तिक २०८३, आइतबार

४३ तोला सुन चोर्ने पक्राउ, यसरी चोरी गरे सुन र पैसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, १३ साउन । सहकारी संस्थाबाट नगद तथा सुन चोरी गर्ने काठमाडौं सामाखुशी बस्ने नुवाकोट भाल्चे–९ का २२ वर्षीय तिलक भन्ने राजु तामाङलाई महानगरीय अपराध महाशाखाले मंगलबार सामाखुशीबाट पक्राउ गरेको छ ।

गत वैशाखमा गएको भूकम्पको मौका पारी काठमाडौं महानगरपालिका–२९ सामाखुशी चोकमा संचालित जनमिलन सहकारी संस्थाबाट ७ लाख १ सय ७० रुपैयाँ र सुनका गहना अन्दाजी ४३ तोला चोरी भएको घटनाको अनुसन्धानका तामाङको संलग्नता देखिएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको हो ।

तामाङलाई कानुनी कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।