८ कार्तिक २०८३, आइतबार

‘डलरमा धर्म बेच्ने नेतालाई तह लगाउनैपर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hindu-1– नरेश केसी
भैरहवा, असार १३ । बहुसंख्यक हिन्दूहरु भएको देशलाई धर्म निरपेक्ष बनाउन युरोपीयन युनियन र पश्चिमा देशले नेपाली नेतालाई खरिद गरेको हिन्दूबादी नेताहरुले आरोप लगाएका छन् ।

संवैधानिक रुपमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न दबाब दिने उद्धेश्यले बुधवार रुपन्देही, चितवन र नवलपरासी बन्दको आयोजना गरेका हिन्दूवादी संघसंस्थाहरुको अगुवाई गरिरहेका नेताहरुले सो कुरा बताएका हुन् ।

बुधवार नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग राख्दै पश्चिम नेपालको ३ वटा जिल्ला बन्द आव्हान गरेका हिन्दूवादी नेताहरुले भैरहवामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली नेताहरु युरो र डलरमा विक्री भएर आफ्नो स्वाभिमान र अस्तित्व बेचेको आरोप समेत लगाए ।

कोण सभालाई सम्बोधन गर्दै हिन्दू धर्म संरक्षण संघर्ष समिती सिद्धार्थनगरका संयोजक डा. शान्त कुमार शर्माले ९० प्रतिशत हिन्दू धर्मालम्बी बसोबास गर्ने देशमा हिन्दू राष्ट्र कायम गर्नुपर्छ भनेर सडकमा उत्रिनुपर्ने अवस्था भनेको अत्यन्त लज्जासपद भएको बताउदैं राजनितीक दलका नेताहरु नालयक भएको बताए । डा. शर्माले भने “ नालयक नेताहरुलाई क्रिस्चीयन धर्मका एजेन्टहरुले किनीसकेका छन् । त्यसैले उनीहरु मुन्टो घुसारेर बसेका छन् । हामी केपी, प्रचण्ड , शुसील, जसले आफुलाई मुलुकको ठेकेदार सम्झीन्छन् तीनिहरुलाई खबरदारी गर्न चाहन्छौं हिन्दू धर्म नेपाली जनताको धर्म हो । आस्थाको केन्द्र हो । यसमा तिमीहरुले तल माथी गर्यौ भने २ करोड नेपालीले छाड्ने वाला छैनन् ।”

hindu

अध्यक्ष शर्माले नेपाली जनताको भोटका कारण नेता बन्ने तर विदेशीको गुलाम बन्ने नेतालाई संविधानमा हिन्दू राष्ट्र कायम नगरिए नेपाली जनताले भुत्लाउने, कालोमोसो दल्ने समेत बताए । सोही अवसरमा हिन्दूवादी नेता कृष्ण प्रसाद भण्डारीले नेपालको उद्भव भएदेखी राष्ट्रले मान्दै आएको धर्मलाई विदेशी प्रलोभनमा परी ६ सय १ जनाले ३ करोड नेपालीलाई बन्धक बनाउन खोजेको भन्दै आक्रोस व्यक्त गरे । नेता भण्डारीले भने “जसले धर्म बेच्छ त्यसले एक दिन राष्ट्र बेच्छ र परिवार पनि बेच्छ । त्यसैले विश्वको नमुना योग्य ठहरीएको नेपाली धर्म संस्कृति बेच्न खोज्ने नेताहरुलाई अब जनताले तह लगाउनै पर्छ । ”

हिन्दू धर्म संरक्षण संघर्ष समितीका सचिव गोपाल शर्माको सन्चालनमा सम्पन्न उक्त कोणसभामा समितीका महासचिव विकास रायमाझी, हिन्दूवादी नेताहरु भिम अधिकारी, ह्न्दिू स्वयंसेवक संघ राष्ट्रिय सम्पर्क प्रमुख राजेश मलः, प्राज्ञिक विद्यार्थि परिषदका केन्द्रिय सह संगठन सचिव नारायण प्रसाद ढकाल, माधव अधिकारी, कपिल भट्ट, राजेन्द्र थापा, गोपाल भण्डारी, लक्ष्मण भण्डारी, तिलक लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

हिन्दू धर्म संरक्षण संघर्ष समितीको आयोजनामा दिनभर ३ वटै जिल्ला पुर्ण रुपमा र शान्तिपुर्ण रुपमा बन्द रहेको सो अवसरमा बताईएको थियो । धर्म निरपेक्षता खारेज गर, हिन्दू राष्ट्र कायम गर भन्ने तुल ब्यानर सहित बुधवार विहानैदेखी जिल्लाको चौंकचौंकमा बन्द कर्ताहरु बसेका थिए । भैरहवामा बेलहिया बुद्ध चौंक, देवकोटा चौंक, मिलन चौंकमा बसेका बन्दकर्ताका कारण यहांबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन आवतजावत गरेनन् । बजार पुर्ण रुपमा ठप्प रहेको थियो भने ३ वटै जिल्लाको शिक्षण संस्था, उद्योग कल कारखाना पनि ठप्प रहेका थिए । रुपन्देहीमा बन्दको कारण कुनै अप्रीय घटना नघटेको रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले जनाएका छन् ।
संविधान सभाले प्रारम्भिक मस्यौदामा छलफलकोलागी मुलुकको टोलटोलमा पठाएको बेला मुलुकभरीबाट ९० प्रतिशत भन्दा बढी जनताले संविधानमा हिन्दू राष्ट्र कायम गर्न लिखीत र मौखिक रुपमा सुझाव दिएको जनाउदैं हिन्दूवादी नेताहरुले सो सुझावलाई ग्रहण गर्न सभामुख र सभासदलाई आग्रह समेत गरेका थिए ।